९ मंसिर २०८३, बुधबार

ललितपुरमा शनिबार पाँच घण्टा विद्युत आपूर्ति बन्द

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । ललितपुरको विभिन्न स्थानमा शनिबार दिउँसो पाँच घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

विद्युत प्राधिकरणको पुल्चोक वितरण केन्द्र अन्तर्गत पाटन–कुपण्डोल फिडरबाट वितरित ११ केभी लाइनमा सपोर्ट च्यानल राख्नु पर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने भएको हो ।

शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने हुने पुल्चोक वितरण केन्द्रले जनाएको छ।

ललितपुरका छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल तरकारी बजार, मङ्गल बजार, लगनखेल वितरण केन्द्र अन्तर्गतका ग्राहककोमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।