शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वराजापुत्री प्रेरणाको रिट प्रधानन्यायाधीश राणासहितको इजलासले खारेज गरिदियो

दैनिक नेपाल २०७६ माघ २४ गते १८:०२

काठमाडौं, २४ माघ । दाईजोमा पाएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणा सिंहले नेपाल ट्रष्टमा जान लागेको काठमाडौं छाउनीस्थित १५ रोपनी १ आना जग्गा फिर्ता गराउन सर्वोच्च अदालतमा दिएको रिट शुक्रबार खारेज भएको छ ।

रिट खारेजीसँगै उक्त जग्गा नेपाल सरकारलाई ट्रष्टको नाममा ल्याउन सजिलो भएको छ ।

काठमाडौं महानगरपालिका१३ स्थित ताहचल (छाउनी) मा रहेको जग्गा फिर्ताका लागि दायर गरिएको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले खारेज गरेको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहपुत्री प्रेरणाले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्ने प्रयासविरुद्ध रिट दिएकी थिइन् । ०५९ देखि ०६३ सम्म उनले सो सम्पत्ति भोगचलन गरेकी थिइन् ।

१ पुस ०६४ मा मन्त्रिपरिषद्ले पूर्वराजपरिवारका सम्पत्ति सरकार मातहत ल्याउने निर्णय गरेको थियो । त्यसको सात वर्षपछि २५ माघ ०७१ मा प्रेरणाले जग्गा आफ्नो दाबी गर्दै सर्वोच्च पुगेकी थिइन् । प्रेरणाले ६ पुस ०७५ मा पुनः सर्वोच्चको संवैधानिक इजलासमा ट्रष्ट ऐन नै खारेजीको माग राखी रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित