१३ कार्तिक २०८३, शुक्रबार

थुनामुक्त गराइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा वकिल पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ ।   थुनामा रहेक व्यक्तिलाई छुटाइदिने भन्दै घुुस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अधिवक्ता टंक रानामगर रहेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ४२ लाख घुस लिएको भन्दै पक्राउ गरेको हो ।

रानाले माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म पनि संचालन गरिरहेका छन्।

राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले उक्त बराबरको घुस लिएको प्रहरीले बताएको छ ।