९ मंसिर २०८३, बुधबार

मैले गल्ती गरेको छैन, गल्ती भएको भए सजाय भोग्न तयार छु : नेता नेपाल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै हात नभएको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो प्रकरणमा आफू दोषी नरहेको दाबी गर्दै गल्ती गरेको भए त्यसको सजाय भोग्न तयार रहेको बताए। नेता नेपालले आफूले कुुनै गल्ति नगरेको र निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने धारण व्यक्त गरे ।

नेता नेपालले आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यताको मान्छे भएको दाबी गरे। ‘मेरो पालामा कुनै नयाँ मोही बनाउनका लागि मोही दिने निर्णय भएको छैन’, उनले भने, ‘त्यसैले यो विषयमा कतैबाट मुच्छन मिल्दैन। मेरो तर्फबाट गल्ती भएको भए सजाय भोग्न तयार छु।’