मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

रक्सीको मातमा संवेदनशील अङ्ग काटेर साथीको हत्या

दैनिक नेपाल २०७६ माघ २४ गते १४:४९

काठमाडौं, २४ माघ ।  गत सोमबार झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा हत्या गरेको अवस्थामा फेला परेका सुवान शेखको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा करण चौधरी र लक्ष्मण यादव रहेका छन् ।

मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भारतको अररिया– ४९ वर्षीय हसन मोहल्ला घर भई १० वर्षदेखि उक्त क्षेत्रमा बस्दै आएका ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरेको खुल्न आएको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

विवादको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको बताइएको छ । मदिराको नसा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको खुलेको छ ।

हत्यापछि शेखको शवलाई राजवंशीको खेतमा लगी संवेदनशील अंग काटी उक्त खेतमा रहेको परालमा आगो लगाएर जलाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित