बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बालुवाटार जग्गा प्रकरण : शेष घलेको पालामा एनआरएनएले गरेको निर्णय बाहिरियो

दैनिक नेपाल २०७६ माघ २४ गते १०:५८

काठमाडौं, २४ माघ । बालुवाटारस्थि ललितानिवासको सरकारी जग्गा खरिदका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए)का तत्कालिन अध्यक्ष शेष घलेको अध्यक्षतामा भएको निर्णय बाहिरिएको छ ।

एनआरएनए भवन निर्माणका लागि ५ बर्ष अघि प्रति आना २६ लाख ५० हजार रुपैंयामा खरिद गर्ने निर्णयको प्रतिलिपी सार्वजनिक भएको छ । एनआरएनएको तत्कालिन पदाधिकारी बैठकले जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।

यो निर्णयमा अहिलेका अध्यक्ष कुमार पन्तको पनि हस्ताक्षर रहेको छ । घले, पन्तसहित पूर्वाध्यक्ष भवन भट्ट, पूर्व उपाध्यक्ष टिबी कार्की, पूर्वसचिव रञ्जु कार्की वाग्ले, बद्री केसी, मन केसीको समेतको निर्णयले जग्गा खरिद गरिने भनिएको छ ।

अख्तियारले उक्त जग्गाको खरिदमा अनियमितता भएको भन्दै नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ । अख्तियारले आरोपपत्र दायर गर्दै सरकारका नाममा जग्गा फिर्ता ल्याउने प्रक्रिया बढाउँदा एनआरएनएले भवन निर्माणका लागि लगानी गरेको करोडौं रकम पनि जफत हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित