शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तत्कालीन सचिवले पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान स्वीकृति दिएको हुँ : गच्छदार

दैनिक नेपाल २०७६ माघ २४ गते १०:१३

काठमाडौँ, २४ माघ ।   बालुवाटार जग्गा प्रकरणमा मुछिएका तत्कालीन भौतिक योजनामन्त्री विजय गच्छदारले तत्कालिन प्रधानमन्त्रीको निर्देशनअनुसार आफु समक्ष पेश भएको प्रस्ताव मन्त्रीपरिषदमा लैजान स्विकृत दिएको बयान दिएका छन् ।

यस्तो छ गच्छदार अख्तियारलाई दिएको बयानमा, “पटक–पटक विभिन्न मन्त्रालय हुँदै चार–पाँचपटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूको सम्बन्धमा ०६५र६६ मा तयार भएको गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको निर्देशनअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव पठाउँदा गरेको हस्ताक्षर मेरो हो” ।

विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने सम्बन्धमा तयार भएको गुरुयोजना लागू गर्नका लागि मेरो मन्त्रालयका सचिवले तयार गरी मसमक्ष पेस गरेको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान स्वीकृति दिएको हुँ ।

प्रतिक्रिया
सम्बन्धित