९ मंसिर २०८३, बुधबार

रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन, आश्रममा छापा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । प्रहरीले तपस्वी रामबहादुर बमजनको सिन्धुली जिल्लाको आश्रममा छापामारेको छ ।

तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । बमजन आश्रममा फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।

बमजनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ । उनी भेटिएका छैनन् । बमजन रहेको आशंका गरिएका सम्भावित तीन वटा आश्रममा प्रहरी पुगेको छ ।

बमजनमाथि हत्या, बलात्कार र आनीहरूलाई बेपत्ता पारेको आरोप छ । सिन्धुली जिल्ला अदालतबाट बिहीबार बमजन पक्राउको अनुमति प्रहरीले पाएको थियो ।