शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

चितवन प्रिमियर लिग : उपाधिका लागि राप्ती र सौराहा भिड्ने

दैनिक नेपाल २०७६ माघ २३ गते १५:०८

चितवन, २३ माघ । प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधी भिडन्त पक्का गरेको हो ।

क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्तिम ओभरमा जितका लागि १ रन आवश्यक थियो ।

अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जित सुनिश्चित गरे । त्यसअघि राजेश ढकालले २८ बलमा ४ चौका र एक चक्का प्रहार गर्दै ३४ रन बनाए ।

यस्तै आकाश चन्द ११ तथा प्रशान्त महत ९ रनमा पेभिलियन फर्किए । कसिलो बलिङ गरेपनी कमजोर फिल्डिङ भरतपुरको लागि महँगो सावित भयो ।

भरतपुरका चन्दन ठाकुरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि हात टार्न सकेनन् । उनले ४ ओभरमा १६ रन खर्चिए । यस्तै कप्तान संघर्ष पौडेलले २ विकेट तथा प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भरतपुर १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । सौराहाका बलर सामु भरतपुरका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । भरतपुरका लागि बिबेक कुमार गुप्ताले २३ रन बनाए । उनले २२ बलमा ४ चौका प्रहार गरे ।

ओपनर निशव तिमल्सिनाले ४३ बलमा २० रन बनाए । यस्तै आशिष लम्साल १५ रनमा पेभिलियन फर्किए । मात्र ६ बल खेलेका लम्सालले एक चौका र एक छक्का प्रहार गरे । सौराहाका सुवर्ण भट्टले ३ विकेट लिए ।

लेग स्पिनर भट्टले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अनुज चनरा र बिबेक पराजुलीले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच सौराहाका लेग स्पिनर सुवर्ण भट्ट घोषित भए ।

प्रतियोगिताको फाइनल खेल शुक्रबार ११ बजे शुरु हुनेछ । लिगमा लगातर ४ खेलमा जित हात पारेको राप्ती समुह शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

नारायणी एडभरटाइजिङ एण्ड इभेन्टको आयोजनामा जारी प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ ।

त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित