१ कार्तिक २०८३, आइतबार

परालको कुन्यूभित्र लुकाएको दुई थान भरुवा बन्दुक बरामद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, २३ माघ । बाह्रदशी गाउँपालिका २ सालघारीस्थित खेतबारीमा रहेको परालको कुन्यूमा लुकाई छिपाई राखेको भरुवा बन्दुक २ थान बुधबार राति प्रहरीले बरामद गरेको छ ।

भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले परालको कुन्यू खानतलासी गर्दा उक्त बन्दुक फेला पारेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।