९ मंसिर २०८३, बुधबार

तीन दिनसम्म पनि उठेन वडा अध्यक्षको शव

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ ।  गत मंगलबार मृत अवस्थामा फेला परेका अछाम पञ्चदेवल नगरपालिका-२ का वडा अध्यक्ष पदमबहादुर धामीको शव बिहिबारसम्म पनि उठ्न सकेको छैन ।

छिमेकी गाउँको भैसी गोठमा मृत अवस्थामा भेटिएका वडा अध्यक्षको शव पोष्टमार्टमका लागि उठाउन स्थानीयले अवरोध गरेपछि उठ्न नसकेको हो । वडा अध्यक्षधामीको शव रहेको गोठ छानावरिपरी प्रहरीले घेरा हालेर शव कुरेर बसेको छ ।

दोषि पक्राउ नपरेसम्म मृतकका आफन्त र स्थानीयले घटनास्थलबाट शव पोष्टमार्टमका लागि उठाउन नदिँदा शव उठ्न सकेको छैन । स्थानिय प्रशासनले सहमतिको प्रयास गरेपनि सफल हुन सकेको छ्रैन ।

धनगढीबाट तालिमप्राप्त कुकुरसँगै सिआइबी टोलीसहितले घटनास्थलमै रहेर मृत्यु प्रकरणको तीनदिनदेखि अनुसन्धान गरिरहेको छ ।