९ मंसिर २०८३, बुधबार

प्रधानमन्त्रीको पहल : चीनबाट आउने नेपालीलाई राख्न चार स्थान तोकियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । कोरोना भाइरससँग जुधिरहेका र नेपाल आउनका लागि अपिल गरिरहेका नेपालीका लागि सरकारले चार स्थान तोकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा र क्वारेन्टाइन स्थल व्यवस्थित हुने भएको हो ।

ओलीले विहीबार सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवसहितका अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । बैठक राखेर प्रधानमन्त्री ओलीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् ।