
काठमाडौं, २३ माघ । बालुवाटारको ललितानिवास प्रकरणमा आफ्ना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छादारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोगपत्र दायर गरेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले विहीबार सदन अवरोध गरेको छ ।
कांग्रेसका तर्फबाट सचेतक पुष्पा भुसालले गच्छादारलाई राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा लगाइएको बताइन् । लोकतान्त्रिक मान्यता राख्ने पूर्वमन्त्रीलाई राजनीतिक आस्थाका आधारमा भ्रष्टाचारको मुद्दा लगाउन सरकारको दबाब रहेको भन्दै सदन अवरोध गरिने भुसालले जानकारी दिइन् ।
कांग्रेसले सांसदले उभिएर सदन अवरोध गरेपछि सभामुख अग्नीप्रसाद सापकोटाले बैठक भोली शुक्रबार दिउँसो दिनको १ बजेका लागि डाकेका छन् ।











प्रतिक्रिया