९ मंसिर २०८३, बुधबार

जीपको ठक्करबाट विद्यालय जाँदै गरेका बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २३ माघ ।  दार्चुलामा जीपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ।

बिहीबार शैल्यशिखर नगरपालिका-९ नायल खोलास्थित विद्यालय जाँदै गरेका पाँच वर्षीय महेश महरलाई बा १३ च३०४१ नम्बरको जीपले ठक्कर दिँदा महेशको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले जीप र चालक शेरबहादुर पुन मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।