३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकको छलाङ : पुस मसान्तसम्म ४७ करोड बढी नाफा कमाउन सफल

10.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २३ माघ ।   मुक्तिनाथ विकास बैँकले प्रतिसेयर २२ प्रतिशत आम्दानी गरेर वाणिज्य वैंकहरुलाई चुनौती दिएको छ । बैंकले उच्च लाभांश र हकप्रद शेयर वितर गरेर पनि प्रतिशेयर २२ प्रतिशत आम्दानी गर्न सफल भएको हो ।

बैंकले वाणिज्य बैङ्कहरुलाई चुनौती दिनेगरी दोस्रो त्रैमासको वित्तीय रिपोर्ट निकालेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको आम्दनी भन्दा चालु आर्थिक वर्षमा १० प्रतिशत आम्दानी गर्न सफल भएको हो । बैङ्कले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४७ करोड २५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

बैङ्कले पुस मसान्तसम्ममा ४८ अर्ब २३ अर्ब निक्षेप सङ्कलन गरी ४५ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा ७, ७ अर्बले बढी हो । पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ७९ करोड ९८ लाख रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा करिब १२ करोड रुपैयाँले बढी हो ।

बैङ्कले आफ्नो पुँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको देखाएको छ । यो पुँजी घोषित लाभांश र हकप्रद सेयरको समायोजन पछिको पुँजी हो । बैङ्कले अघिल्लो वर्ष २० प्रतिशत हकप्रद सेयर र त्यसपछिको पुँजीमा १७.६ प्रतिशत बोनस सेयर जारी गरेको थियो । बैङ्कसँग अघिल्लो वर्षको नबाँडिएको नाफा ३६ करोड रुपैयाँ रहेको देखिएको छ ।

मुक्तिनाथले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा वृद्धि गरेको छ । ब्याज आम्दानी २ अर्ब ३१ करोडबाट बढेर ३ अर्ब १७ करोड पुग्दा ब्याज खर्च १ अर्ब ३९ करोडबाट २ अर्ब ७ करोड रुपैयाँ पुगेको जनाएको छ । ६ महिनामा बैङ्कको कर्मचारी खर्च अघिल्लो वर्ष ३२ करोड ३१ लाख रहेकोमा यो वर्ष ३८ करोड ४३ लाख पुगेको हो । अन्य सञ्चालन खर्च करिब १४ करोड बढेर २० करोड पुगेको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १४.१५ प्रतिशत छ । बैङ्कको निष्क्रिय कर्जा अनुपात भने ०.०५ प्रतिशतबाट ०.११ प्रतिशतमा पुगेको छ । पुस मसान्तसम्म सो बैङ्कको कस्ट अफ फन्ड ६.६१ प्रतिशत र बेसरेट ११.१८ प्रतिशत छ ।

अघिल्लो वर्ष कस्ट अफ फन्ड ६.६१ प्रतिशत बेसरेट ११.२५ प्रतिशत थियो । भएको बैङ्क बेसरेटमा कस्ट अफ फन्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैङ्कको प्रावधान छ । बैङ्कको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ५.६६ प्रतिशत छ ।

बैङ्कले बचत खातामा ६.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र मुद्दती खातामा १० प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ४ देखि ६ प्रतिशतसम्म थप गरेर लिनेगरी पछिल्लो ब्याजदर निर्धारण गरेको छ ।