९ मंसिर २०८३, बुधबार

ललितानिवास प्रकरण : उपसभापति गच्छादार जोगाउन नेवि संघ र तरुण दल प्रयोग गर्ने कांग्रेसको निर्णय

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । बालुवाटारको ललितानिवास प्रकरणमा मुछिएका उपसभापति विजयकुमार गच्छादारलाई जोगाउनका लागि नेपाल विद्यार्थी संघ र तरुण दललाई आन्दोलनको घोषणा गर्न लगाउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

विहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । विहीबार ३ बजे भ्रातृ संगठनका पदाधिकारीसहितको बैठक राखी आन्दोलनका कार्यक्रम घोषणाको तयारी गर्ने निर्णय भएको बताइएको छ ।

भूमिसुधार मन्त्री हुँदा गच्छादारले उक्त जग्गा व्यक्तिका नाममा बेच्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । उनीसहित १७५ जनाविरुद्ध बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।