१ कार्तिक २०८३, आइतबार

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेद्धारा सपथ ग्रहण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव छन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।