१ कार्तिक २०८३, आइतबार

मिटर ब्याजि चिना श्रेष्ठ प्रहरीको फन्दामा

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २२ माघ । रौतहट प्रहरीले ठगी गरेको आरोपमा जिल्लाको चन्द्रपुर निवासी चिना श्रेष्ठलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले श्रेष्ठलाई मंगलबार मध्य राती चन्द्रपुर वडा नं. ६ उनकै निवासबाट पक्राउ गरेको हो ।

अर्का आरोपित नम्रता लामा भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी जारी रहेको र चांडै पक्राउ गर्ने रौतहटका एसपी रबिराज खड्काले बताए ।

पीडितहरुको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बताउँदै खड्काले फरार लामालाई पनि खोजी गरिरहेको र चाँडै पक्राउ गर्ने जानकारी दिए । पक्राउ परेकी श्रेष्ठलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्धा चलाएर अनुसन्धान गरिने खड्काले बताए ।

श्रेष्ठ र लामाका कृयाकलापहरु सिधै ठगी अन्र्तगत देखिएको छ एसपी खड्काले भने, उनीहरुलाई त्यसकै आधारमा अनुसन्धान अगाडि बढाउँछौँ ।

ठगी गर्ने कोही पनि उम्कन पाउँदैनन् । प्रहरीले उनीहरुको सम्पतीको श्रोत, उनीहरुले गरेका कागजातहरु, पीडितहरुको कुरा लगायतका पक्षहरुबाट छानविन गर्ने तयारी गरिरहेको बताइएको छ ।

चन्द्रपुर ६ निवासी चिना श्रेष्ठ र नम्रता लामाले महिलाहरुलाई पटक–पटक गरेर रकम सापटी दिने र सापटीको रकम दुई–चार लाख पुगेपछि दवाव दिएर धेरै रकमको कपाली कागज गराएको पिडित महिलाहरुको आरोप रहेको छ ।

आफूहरुले घरायसी कामको लागि समस्या परेको बेला चिना श्रेष्ठ, नम्रता लामासंग पैसा सापटी लिएर लिएको रकम तिरेपनि अहिले नतिरेको भन्दै जिल्ला अदालत रौतहट गौरमा विभिन्न व्यक्तिहरु विरुद्ध उनीहरुले मुद्धा हालेका छन् ।

उनीहरुले डर, त्रास , दवाव अनि झुक्याएर परेर आफूले लिएको भन्दा बढी रकमको कपाली कागजमा सही गराएको अहिले आफूले लिएको भन्दा बढी रकम तिरिसक्दा पनि कागज बराबरको रकम समयमा नतिरेको भन्दै उनीहरुले विरुद्ध मुद्धा दिनेगरेको पिडितहरु बताउँछन् ।

त्यती मात्र नभइ उनीहरुमाथि पिडितहरुलाई दवावमा पारेर खाली चेक लिने र सो चेकमा आफुखुसी रकम भरेर चेक वाउन्सको मुद्धा पनि दर्ता गर्ने गरेको आरोप पनि रहेको छ ।