१ कार्तिक २०८३, आइतबार

प्रभु बैंकको ३ वटा शाखा कार्यालय एकैसाथ सञ्चालनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ माघ । प्रभु बैंकले एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

माघ २२ गते वुधबारका दिन विहान ११ बजे पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङ्गले, वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले एक समारोहका बीच समुद्घाट्न गरेका हुन् ।

पोखरा महानगरपालिकास्थित बैंकका शाखा कार्यालयहरु समुद्घाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले पोखरा महानगरपालिका आफ्नो थप ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच विस्तार गर्दै सेवाग्राहीहरुलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रभु बैंकको प्रंशसा गर्दै बैंकिङ्ग कारोबारलाई अझै विस्तार गर्न हामी स्थानीय सेवाग्राहीहरुले हरेक आर्थिक कारोबार बैंकिङ्ग प्रणाली मार्पmत् गर्नुपर्ने समय आएको बताए ।

पोखरा महानगरपालिकाकामा सञ्चालनमा ल्याएका थप ३ वटा शाखा कार्यालयहरु पश्चात् अब प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले १५७ वटा एटीएम ४३ वटा एक्स्टेन्सन काउण्टरहरुको सञ्जाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सर्वसाधारणहरुलई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

आजै देखि सञ्चालनमा आएका प्रभु बैंक लि. पोखरा महानगरपालिकास्थित हरिचोक शाखा कार्यालय, अर्घौँचोक शाखा कार्यालय र बाँझापाटन शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र पोखरा महानगरपालिकको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।