१ कार्तिक २०८३, आइतबार

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन प्रायोजक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा, कतार, २२ माघ । कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ) को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ ।

विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो ।

यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ ।

संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले उक्त अवसरमा भन्नुभयोः “विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा हामी यस प्रतिष्ठित संघको आधिकारिक प्रायोजक भएको खबर बाढ्न पाएकोमा हामी अत्यन्तै गर्भवान्वित भएका छौँ ।”