६ कार्तिक २०८३, शुक्रबार

एउटा मिर्गौला फेर्दै प्रधानमन्त्री ओली

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै एउटा मिर्गौला फेर्ने तयारी गरेका छन् । दुईवटै मिर्गौलाको समस्यामा रहेका प्रधानमन्त्री ओलीले आगामी तीन बर्षसम्म सरकारलाई गति दिनका लागि आफू स्वस्थ्य हुन लागेको बताएका छन् ।

मंगलबार बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी आफैंले गराएका हुन् ।

‘एउटा किड्नी फेरेर सक्रियताका साथ काम गर्छु । तीन बर्षसम्म सरकारले गति लिन्छ । चुनाव गराउनुछ’, ओलीले भने,‘अहिले भन्दा सजिलोसँग काम गर्नका लागि फेर्ने भएको हुँ ।’

अहिलेको जमानामा मिर्गौला फेर्नु कुनै नयाँ कुरा नभएको बताएका प्रधानमन्त्री ओलीमा काम गर्ने आत्मबल बलियो देखिएको थियो ।