१ कार्तिक २०८३, आइतबार

घोराही महोत्सवमा प्रमोद खरेललाई रातपर्दा सम्म छाडेनन् दर्शकले

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, २१ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्द्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को बाह्रौँ दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले दर्शकलाई निकै नचाएका छन् ।

खरेलले आफूले बजारमा ल्याएका चर्चित गितहरु गाउँदा दर्शकहरु हुटिङसहित नाचगान गरेका थिए । खरेलले गित गाईसकेर मञ्चबाबट विदा हुन खोज्दा दर्शकहरुले हुटिङ गर्दै गित गाउन आग्रह गरेका थिए ।

दर्शकहरुको आग्रपछि खरेलले थप दुई ओटा गित गाएका थिए । झमक्कै साँझ परेपछी प्रमोद मञ्चबाट विदाई भएका थिए । त्यहीँ पनि दर्शकहरुले चिच्याउँदै प्रमोदलाई फेरी गित गाउन आग्रह गरिरहेका थिए ।

महोत्सवमा २५ जनाले रक्तदान गरे

महोत्सवमा १२ दिनसम्म २५ जनाले रक्तदान गरेको महोत्सव प्राथमिक स्वास्थ्य उपसमिति संयोजक सुशिला पौडेलले जानकारी दिइन् । उनका अनुसार मंगलवार मात्रै दुई जनाले रक्तदान गरेका थिए ।

पौडेलका अनुसार मंगलवार दिलबहादुर बस्नेत र मञ्जु गिरीले रक्तदान गरेका हुन् । महोत्सवको स्टल नं २११ म रेडक्रस घोराहीले रक्तदानको व्यवस्था गरेको थियो ।

महोत्सवमा चार सय २१ जनाले स्वास्थ्य परिक्षण गरे

महोत्सवमा कुल चार सय २१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उनीहरुलाई विभिन्न प्रकारको प्राथमिकत उपचार गरिएको महासचिव टिकादत्त खनाल ‘सागरल’ले जानकारी दिए ।