१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे बैंकले ल्यायो विदेशबाट १ अर्ब बढी रकम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात १ अर्ब रुपैयाँभन्दा बढी पैसा नेपाल भित्र्याएको छ ।

यसअघि दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउन गरेको सम्झौताअनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात माछापुच्छ्रे बैंकले १० मिलियन अमेरिकी डलर अर्थात १ अर्ब रुपैयाँभन्दा बढी पैसा नेपाल भित्र्याएकोे हो ।

नेपाल राष्ट्र बैंकले कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था गरेको छ । यही व्यवस्था अनुसार माछापुच्छ्रे बैंकले विदेशबाट पैसा ल्याउने प्रकृया थालेको थियो ।

माछापुच्छ्रे बैंकले दुवईस्थित माश्रिक बैंकबाट ल्याएको उक्त रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्नेछ ।