शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एसएसपी राणालाई पाँच दिनको म्याद

दैनिक नेपाल २०७६ माघ २० गते २१:१६


इनरुवा, २० माघ । बलात्कारको आरोप लागेका सङ्घीय प्रहरी इकाइ धरानमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई आज पाँच दिनको म्याद थप गरेको छ ।

सुनसरी प्रहरीसँग आत्मसमर्पण गरेका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणालाई जिल्ला अदालत सुनसरीले पाँच दिनको म्याद थप गरेको हो ।

अनुसन्धानका लागि राणालाई जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले पाँच दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताउनुभयो ।

म्याद थप गर्नुपूर्व अदालतमा सरकारी वकिल र राणाका तर्फका अधिवक्ताले पक्ष र विपक्षमा म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा आआफ्नो तर्क राखेका थिए । –रासस

प्रतिक्रिया
सम्बन्धित