
काठमाडौँ, २० माघ । बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा. लि. को सिमित सेवा प्रयोग वापत छुट दिने सम्झौता भएको छ ।
बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले माघ २० गते हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा.लि.को ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।















प्रतिक्रिया