शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रअ भत्ताले निशुल्क सेनेटरी प्याड वितरण, छात्राहरु खुशी

दैनिक नेपाल २०७६ माघ २० गते १७:०७


रुकुम, २० माघ । रुकुम पश्चिमको एक विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । जनविकास मावि ज्यामिरकोट टाकुरामा उक्त सेनेटरी प्याड निशुल्क वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक दिपक सङगम थापाले उक्त सेनेटरी प्याड उपलब्ध गराएका हुन् । प्रधानाध्यापक थापाको प्रअ भत्ता नलिने यसअघिको घोषणा अनुसार प्रअ भत्ताको रकमले छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेका हुन् ।

महिनावारी हँुदा छात्राहरु विद्यालय छोडेर घर जाने परिपाटीले पढाईमा असर पर्ने भएकोले निशुल्क सेनेटरी प्याड वितरण गरेको प्रअ थापाको भनाई छ । प्रअ थापाको यस्तो कार्यले छात्राहरु महिनावारी हुँदा कक्षा छाड्ने समस्या समाधान हुने बताईएको छ ।

प्रअ थापाको यस्तो कार्यले आठबिसकोट नगरबासी खुशी भएका छन । सरकारले छात्राहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने कार्यक्रम भने ढिलो भएको छ ।

प्रतिक्रिया
सम्बन्धित