शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रहरीद्धारा २० किलो चरेशसहित ५ जना पक्राउ

दैनिक नेपाल २०७६ माघ २० गते १६:१५


काठमाडाैँ, २० माघ । धादिङमा प्रहरीले २० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । बेनिघाट रोराङ–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट चरेश बनाउन प्रयोग हुने एक लिटर झोल पदार्थसमेत बरामद भएको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–९, काफलपानी बस्ने २८ वर्षीय सुकलाल गोम्बो, १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, काछामान स्याङ्गतान र चरेस खरिद गर्न आएका म्याग्दी जिल्ला मालिका–२ निवासी ३० वर्षीय तिलक विक रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित