शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेकपा उपाध्यक्षमा बामदेव गौतम सर्वसम्मत

दैनिक नेपाल २०७६ माघ १९ गते १६:०६

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टीले उपाध्यक्षमा नेता बामदेव गौतमलाई सर्वसम्मत चयन गरेको छ ।

यसअघि विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने विषयमा सचिवालयमा सहमति भएको थियो । सचिवालयको सहमतिका आधारमा नै केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै गौतमलाई उपाध्यक्षमा सर्वसम्मत निर्णय गरेको हो ।

यो निर्णयसँगै नेकपामा पदाधिकारी थपिएका छन् । दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेतामा झलनाथ खनाल, उपाध्यक्षमा गौतम र महासचिव विष्णु पौडेल छन् । नेकपा सचिवालय नौ सदस्यीय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित