शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

संघीय प्रहरी ईकाई धरानका प्रमुख एसएसपी सौरभ राणा पक्राउ

दैनिक नेपाल २०७६ माघ १९ गते १३:५०

काठमाडौं, १९ माघ । जिल्ला प्रहरी कार्यालय सुनसरीले संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणालाई आइतबार पक्राउ गरेको छ ।

जिल्ला अदालत सुनसरीले पक्राउ पूर्जी जारी गरेपछि उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको हो । एक महिलाले यौन शोषण गरेको र मार्नेसम्मको धम्की दिएको भन्दै उजुरी गरेपछि गृह मन्त्रालयले केही दिन अघि उनलाई निलम्बन गरेको थियो ।

यौन शोषणको विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अनुसन्धानमा प्रभाव पार्न सक्ने भन्दै गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित