शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बेल्जियममा कंसाकर र श्रेष्ठलाई सम्मान

दैनिक नेपाल २०७६ माघ १९ गते ६:४१

बेल्जियम । फेब्रुवरी १ तारिख शनिबार भएको एक कार्यक्रमका बीच एनआरएनए महिला फोरम बेल्जियमले नेपालबाट मिस नेपाल युरोपको लागि आएका हिडन ट्रेजर नेसनलका डाइरेक्टर प्रमोदरत्न कंसाकर र मिस नेपाल अनुष्का श्रेष्ठलाई सम्मान गरेको छ।

महिला फोरम बेल्जियमकी संयोजक सुशीला खतिवडाको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

एनआरएनए बेल्जियमका अध्याध्यक्ष चित्र सुबेदीले मिस नेपाल अनुस्का श्रेष्ठको एक परोपकारी प्रोजेक्टको सहयोग बारेमा टिप्पणी गर्दै ८ मार्चमा मनाइने नारी दिवसलाई फरक र उपलब्धिमुलक तरिकाले मनाउन सुझाब दिएका थिए ।

मिस नेपाल श्रेष्ठले समेत आफ्नो नेतृत्वमा नपालमा चलिरहेको परोपकारी अभियानमा सहयोग गर्न अनुरोध गरेकी थिइन् । सोहि दिन महिला फोरमको औपचारिक बैठकद्वारा अन्तराष्ट्रिय नारी दिवस बेल्जियमको आन्त्वेर्पेनमा ८ मार्च आइतबार उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।

कार्यक्रम एनआरएनए महिला फोरम बेल्जियमकी उपसंयोजक सरिता खड्काले चलाएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित