शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

के हाे नेविसंघभित्रकाे उमेर विवाद ?

दैनिक नेपाल २०७६ माघ १८ गते १०:४४

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका प्रवक्ता एवम् युवा नेता विश्वप्रकाश शर्माले नेपाल विद्यार्थी संघ (नेविसंघ)का विषयमा बाहिर अत्यन्तै कन्फ्युजन रहेको बताएका छन् ।

हालै एउटा अन्तार्वार्तामा प्रवक्ता शर्माले विधानको बुझाइका विषयमा कन्फ्युजन राख्न नहुने बताए । ‘नेविसंघको विधान ०२७ सालमा बनेको थियो । नेविसंघ जन्मसँग बनेको विधानको ७औँ संशोधन नेविसंघको महाधिवेशन हुँदै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा पुग्यो’, शर्माले भनेका छन्, ‘त्यो संशोधनको नेविसंघको विधानको भाग २ को धारा ५ त्यो अन्तर्गतको पनि बुँदा नम्बर ५ ले के भन्छ भने ३२ वर्ष पुगेको व्यक्ति नेविसंघको सदस्य बन्न पाउँदैन ।’

‘तर सँगैमा के भन्छभन्दा यो व्यवस्था नेविसंघको १२औँ महाधिवेशनबाट लागू हुनेछ भन्छ’, उनले भने, ‘१२औँ महाधिवेशनबाट लागू हुनेछ भन्नुको अर्थ आगामी महाधिवेशन हुँदै गर्दा ३२ वर्षमाथिका साथीहरू पनि केन्द्रीय कार्यसमितिमा वा कुनै तहमा नेतृत्वमा आउन पाउनु हुन्न ।’

‘१२औँ महाधिवेशनबाट आउने समिति भन्नु र १२औँ महाधिवेशन गराउने समिति भन्नुको विषयमा फरक छ’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

‘सम्भव भए त अहिले पनि नेविसंघको नेतृत्वमा ३२ माथि किन ? त्योभन्दा मुनि बनाए हुन्छ । २८, २९ ३२ बनाए हुन्छ’, उनले भने, ‘त्यो बनाउने कुरालाई विधानले रोक्दैन ।’

‘सँगैमा विधानले के पनि रोक्दैन भने १२औँ महाधिवेशनको धारा उपधारले के भन्छ भने १२औँ महाधिवेशनमा लागू हुन्छ’, उनले भने, ‘अर्थात १२औँ महाधिवेशनबाट आउने समितिमा यो कार्य लागू हुँदै गर्दा त्यसलाई अगाडि लागू गर्न छेकिदैन ।’

‘त्यो त अगाडिको ३२ वर्षको जिम्मेवारी हस्तान्तरण ग¥यो भने अधिवेशन गराउने समिति हो’, उनले भने, ‘यो त पार्टीले जिम्मेवारी लिएको अवस्था हो । पार्टीले गराउँदै गर्दा कुन रुपमा उपयुक्त छ ? पार्टीको सबै नेताहरूको साझा सहमतिको साथ यसमा हामी निर्णयमा पुग्छौँ ।’

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विद्यार्थीको वीचमा दौडधुप भो, विद्यार्थीको वीचमा चर्काचर्की भयो, विवाद भयो, अलिअलि झगडा भयो भन्ने वित्तिकै एकदम रणभूमि भयो भन्ने शब्द आइहाल्न जुरुरी छैन’, उनले भनेका छन् ।

‘नेताहरूलाई सुरक्षा दिनुप¥यो भन्ने कुरा पनि अतिरञ्जितपूर्ण कुरा पनि उचित होइन । बाहिर विद्यार्थीवीच द्वन्द्व भएपनि भित्र केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको थियो’, उनले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक हार्दिकतापूर्वक चलेकै थियो । मिडियाका साथीहरूले क्यामराले खिच्नुभएको थियो ।’

त्यहाँ प्रहरी लगाएर नेताहरूलाई सुरक्षा दिनुपर्‍यो भन्ने खालको कुरो अतिरञ्जनापूर्ण पनि गर्नु हुन्न’, उनले भने, ‘बाहिर विद्यार्थीको वीचमा समस्या भयो, विवाद भयो, जसलाई फेरि केही बेर पछाडि विद्यार्थीकै नेताहरूले समन्वय गरेर हल पनि गर्नुभयो ।’

‘एकछिन नोकझोँक भयो, ठेलाठेल भयो होला, दौडधुप भयो होला त्यो हुनेवित्तिकै त्यसपछि के भयो भनेर जानुप¥यो नि’, उनले भने, ‘त्यसपछि त विद्यार्थीकै नेताहरूले नै समन्वय गरेर शान्तिपूर्ण वातावरण बनाउनुभयो । एकछिन भएको घटनालाई निरन्तर भइरहेको छ भन्ने अवस्था एकदम रणभूमि भयो भन्ने कुरा पनि सोँच्नु हुन्न ।’

प्रतिक्रिया
सम्बन्धित