शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रहरी हाकिमका यौनकाण्ड : एसएसपी राणा निलम्बित, अन्यबारे छानबिन जारी

दैनिक नेपाल २०७६ माघ १७ गते १३:२१

काठमाडौं, १७ माघ । नेपाल प्रहरीको उच्च दर्जामा पुगेका अधिकारीका यौनकाण्डका विषय सार्वजनिक भइरहेका छन् । यसै क्रममा संघीय प्रहरी कार्यालयको इकाई धरानका प्रमुख रहेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ शमशेर राणालाई निलम्बन गरिएको छ ।

उनीविरुद्ध पटकपटक यौन शोषण गरेको र ज्यान मार्नेसम्मको धम्की दिएको उजुरी एक महिलाले गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिएकी थिइन् ।

गृह मन्त्रालयले शुक्रबार राणालाई निलम्बन गरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ । एसपी हुँदादेखि नै ति महिलालाई राणाले यौन शोषण गरेको अभियोग लागेको थियो ।

उता, यौन सम्बन्ध स्थापित गरेको, शोषण गरेको उजुरी परेपछि एसएसपी राकेश सिंहबारे पनि अनुसन्धान जारी रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

प्रहरी महिला कर्मचारीको यौन शोषण गरेको अभियोगसहितको उजुरी सिंहविरुद्ध परेको थियो । प्रधानमन्त्री कार्यालय हुँदै उक्त उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित