लण्डन, १६ माघ । इङ्ग्लिश फुटबल लिग (ईएफएल) कपको उपाधिका लागि म्यान्चेस्टर सिटी र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटीले एस्टन भिल्लासँगको भेट पक्का गर्यो ।
बुधबार राति भएको दोस्रो लेगमा युनाइटेडसँग एक–शून्यले पराजित भए पनि सिटी पहिलो लेगमा हात पारको जितका कारण फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । पहिलो लेगमा सिटी तीन–एकले विजयी भएको थियो । समग्रमा सिटीले युनाइटेडमाथि तीन–दुईको जित हात पार्याे ।
म्यान्चेस्टर सिटीको मैदानमा भएको दोस्रो लेगमा नेमान्जा माटिचको पहिलो हाफको गोलले युनाइटेडले अग्रता बनायाे तर त्याे गाेल हार टार्न पर्याप्त भएन ।माटिचले खेलको ३५औँ मिनेटमा गोल गरेका थिए ।
खेलमा अधिकांश बल पोसेसन सिटीले राख्दै युनाइटेडको पोस्टमा १३ वटा प्रहार गरेको थियो । युनाइटेडका गोलकिपर डेविड डी गेयाले उत्कृष्ट प्रदर्शन गर्दा सिटीको सबै प्रहार विफल भयाे ।
खेलको ७६औँ मिनेटमा माटिच दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा पनि सिटीले लिन सकेन ।















प्रतिक्रिया