३ कार्तिक २०८३, मंगलबार

सिमोना अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १५ माघ । सिमोना हालेप अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा एनेट कोन्टभेइटलाई पराजित गरेर अन्तिम चारमा पुगेकी हुन् ।

हालेपले एनेटलाई ५३ मिनेटमै पराजित गरेकी हुन् । हालेपले ६–१ र ६–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । विम्बल्डन च्याम्पियन हालेपले पछिल्ला ११ खेलमा लगातार जित निकालेकी छन् ।

रोमानियाकी हालेपले फाइनल प्रवेशका लागि गार्बिनी मुगुरुजा वा एनास्तासिया पाभ्लीचेन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन्।