बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

धादिङको सिद्धलेकमा दुई व्यक्ति मृत फेला

दैनिक नेपाल २०७६ माघ १५ गते ७:२८

धादिङ, १५ माघ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ कालिदह नजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत फेला परेका छन् ।

वडा कार्यालय जान भनेर आइतबार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका वडा नं १ का ३८ वर्षिय भीमबहादुर गुरुङ र ५७ वर्षिय नकुल सापकोटा आइतवार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए ।

बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरू दुवैजना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । खोजी गर्ने क्रममा सोमबार साँझ उनीहरूका शव कालिदह नजिकैको भीरमा भेटिएको थियो ।

शव फेला पर्ने वित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको जानकारी पाउने वित्तिकै घटनास्थलमा प्रहरी पुगी जाँच मुचुल्का गरि शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धादिङवेशीमा ल्याइएको छ ।

उनीहरूको साथबाट स्थानीय सहकारीको शेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपियाँ पनि फेला परेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित