मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

इलामबाट स्वस्थ जीवन प्रवर्द्धन सुरु

दैनिक नेपाल २०७६ माघ १४ गते २०:२६


इलाम, १४ माघ । इलामबाट स्वस्थ जीवन प्रवर्द्धन अभियान शुरु भएको छ । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रम नेपालमै पहिलो पटक इलामको रोङ गाउँबाट सुरु गरिएको हो ।

सुखी जीवन बिताउने भन्दै दिनानुदिन खानपान र अनियमित ब्यायामले मानिसमा विभिन्न रोग बढ्दै गइरहेकोले अभियान शुरु गरिएको हो ।

अभियानअन्तर्गत जीवनशैली परिर्वतन योग तथा आयुर्वेद टोल समुदाय सरसफाइ, मातृ शिशु सुरक्षा, पोषणमा स्थानीय उत्पादनलाई जोड दिने खालका कर्यक्रम समावेश गरिएको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण, मदिरा न्यूनीकरण, सर्ने र नसर्ने रोग व्यवस्थापनका साथै आयुर्वे्दिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगका बिरामी बढी भएका कारण यससँग सम्बन्धित जानकारीसमेत गराइने छ ।

नसर्ने रोगको प्रकोप बढ्दो रहेकाले जीवनशैली, खानपान र व्यवहार परिर्वतनका साथै दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य प्रर्वद्धनका क्रियाकलाप जरुरी रहेकाले अभियान शुरु गरिएको मेची अञ्चल आयुर्वेद अस्पतालका प्रमुख तीर्थ आचार्यले बताउनुभयो ।

अभियानअन्तर्गत प्रतिवद्धतापत्रमा गाउँपालिका अध्यक्ष शमशेर राई, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले हस्ताक्षर गर्दै जीवनशैली परिवर्तन गर्ने बताउनुभएको छ ।

कार्यक्रमअन्तर्गत सातदिने स्वास्थ्य शिविर शुरु गरिएको छ । शिविरमा शारीरिक उचाइअनुसारको तौलको अनुपात जाँच गर्ने, दैनिक क्यालोरी सिट दिने र आफैँ सामान्य बिरामीको जाँच गर्नसक्नेजस्ता पद्धति स्थानीयलाई जानकारी गराइने छ । –रासस

प्रतिक्रिया
सम्बन्धित