शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्वाेच्चले सभामुख सापकोटालाई रोकेन

दैनिक नेपाल २०७६ माघ १४ गते १९:२०

काठमाडौँ, १४ माघ । सर्वाेच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्धको ज्यान मुद्दामा अन्तरिम आदेश जारी गरेन ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ज्यान मुद्दा लागेका सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै दायर गरेको रिटमा न्यायाधीश सपना मल्लको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

सोमबार उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । मंगलबार पक्ष र विपक्षका वकिलको बहसपछि यस्तो आदेश भएको हो ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सभामुख सापकोटाविरुद्ध मुद्दा छ ।

प्रतिक्रिया
सम्बन्धित