१ कार्तिक २०८३, आइतबार

रंगशाला निर्माणमा सबै जुटौँ : राष्ट्रियसभा सदस्य रावल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १४ माघ । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल ‘पार्वती’ले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जुट्न सबैमा आव्हान गरेकी छन् ।

वुधबार सभाको विशेष बैठकमा बोल्दै उनले जनसहभागीतामा निर्माण भइरहेको रंगशाला निर्माणमा जुट्न आव्हान गरेकी हुन् ।

‘जनसहभागीतामा ३ अर्बको लागतमा निर्माण हुन लागेको रंगशालाका लागि आर्थिक स्रोतको आवश्यकता छ । उनले भनिन्, रंगशालामा ७७ वटै जिल्लाको प्रतिनिधित्व र सहभागिता हुँदैछ ।’ विश्वमा नेपाल र नेपालीलाई चिनाउन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेलकुदस्थल निर्माण अत्यावश्यक रहेको उनले बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय क्रिकेट खेलप्रतिको आकर्षण व्यापक बढेको छ र सफलता पनि प्राप्त भइरहेको छ । चितवनको रामपुरमा अभुतपुर्व जनसहभागितामा निर्माण भइरहेको रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशन र भरतपुुर महानगरपालिकासंग हातेमालो गर्न उनले आग्रह गरिन् ।

रंगशालामा ७७ जिल्लाको पहिचान सहितको कक्ष र कमल फुलको ७ पत्रले ७ प्रदेसको झल्को र प्रतिनिधित्व गर्ने भएकाले रंगशालामा सबैको अपनत्व हुने उनले बताइन् ।

रंगशाला निर्माणका लागि आर्थिक श्रोत जुटाउन माघ १९ देखि २६ गते सम्म निर्माणाधिनस्थलमा हुने धनधान्याचल महोत्सवमा समेत सहभागी भएर सहयोग गर्न उनले आग्रह गरिन् । महोत्सवबाट पनि ५० करोड संकलनको लक्ष्य राखिएको छ ।

न्यून भौतिक पूर्वाधार तथा पुर्ण खेलमैत्री वातावरणको अभावमा पनि विगतदेखिनै नेपाली खेल प्रतिभाहरुले गरेको मेहनत र प्राप्त उपलब्धी प्रशंसनीय रहेको उनको भनाई छ ।

सहरीकरण र औधोगिकीकरणसँगै बढ्दै गइरहेको जनघनत्वका बीच सबै नेपालीका लागि जनस्वास्थ्य, सामाजिकीकरण र मनोरन्जन अपरिहार्य रहेको सांसद रावलले बताइन् ।

‘नेपालमा प्रशस्त सम्भावना भएपनि अन्तर्राष्ट्रिय स्तरको खेलकुद आयोजना गर्न मिल्ने सुविधा सम्पन्न पूर्वाधारको निर्माण हुन सकेको छैन्, उनले भनिन्, युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अवसर जुटाउन सकेमा युवाहरुले नेपाललाई विश्वसामु चिनाउन सक्छन् ।’

युवाहरुको सिर्जनशील क्षमताको विकासका लागि खेलकुद अनिवार्य रहेको उनले बताइन् ।

उनले राजनैतिक स्थिरता संगै देशमा विकास र समृद्विका अभियानहरू तीव्ररूपमा अघि बढेको बताइन् ।

भुकम्पबाट क्षति भएका थुप्रै राष्ट्रिय सम्पदाहरूको पुनः निर्माण धमाधम भइरहेको उनले उल्लेख गरिन् । धरहरा र रानिपोखरी पुनःनिर्माणले गति लिएको भन्दै उनले सबै तहका सरकारहरु विकास निर्माणमा जुटेको धारणा राखिन् ।