२९ आश्विन २०८३, बिहिबार

यस्ता छन् फ्याटी लिभरबाट बच्ने उपाय

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । फ्याटी लिभर रोग दुइ प्रकारका हुन्छन् । रक्सी सेवनबाट भएको फ्याटी लिभर र रक्सी सेवन नगर्नेहरूमा हुने फ्याटी लिभर ।

फ्याटी लिभर नेपालको बढ्दो रोगको रुपमा मानिन्छ। र यो कलेजो बिग्रिनुको मुख्य कारण पनि हो। रक्सी सेवन नगर्नेहरुमा हुने बोसोजन्य कलेजो आरमदायी जीवन बिताउने र प्रशोधित खाना खानेहरुमा हुन्छ ।

फ्याटी लिभरको उपचार गर्ने एउटा तरिका उचित खानपान पनि हो। फ्याटी लिभर हुनु भनेको तपाइँको शरिरमा बढी मात्रामा बोसो हुनु पनि हो। स्वस्थ शरिरमा कलेजोले बिषादी र चिल्लो हटाएर पाचनयोग्य प्रोटिन राख्ने काम गर्छ। तसर्थ फ्याटी लिभर भइसकेका बिरामीले यी खानपान गरेमा कलेजो स्वस्थ राख्न मद्दत गर्छ।

यसबाट बच्न उच्च फाइवर (रेशादार) फलफूल प्रर्याप्त मात्रामा खानु पर्छ। उत्तिकै मात्रमा अन्न र गेडागुडी। यसको साथै केही मात्रमा नुन,चिनी,चिल्लो जस्ता खानु उचित हुन्छ।

फ्याटी लिभर भएका कफी प्रयोगकर्ताहरूमा प्रयोग नगर्नेहरूको तुलनामा कम मात्रामा कलेजो नष्ट भएको पाइएको छ। अध्ययनले क्याफिन प्रयोगकर्ताहरुमा कलेजोको क्षमता समेत कम मात्रामा नष्ट भएको औंल्याएको छ।

ब्रोकाउलीले कलेजोमा बासो जम्न रोकेको पाइएको छ। प्रर्याप्त मात्रामा हरियो तरकारीहरु पालक,बन्दकोपी,रायो जस्ता सागपात तथा तरकारीको सेवनले तौल घटाउन सहयोग गर्छन्। क्यानडाको लिभर फाउण्डेशनले हरियो तरकारी खाना सिफारिश गरेको छ।

इलियन विश्वबिद्यालयले मुसामा गरेको एक अध्ययनले पनिरमा भएको प्रोटिनले कलेजोमा वोसो बन्नवाट रोक्ने औंल्याएको छ। पनिरमा चिल्लाको मात्रा कम र प्रोटिनको मात्रा बढी हुन्छ।

साल्मोन,सार्दिन,टुना र ट्राउट जस्ता माछामा उच्च मात्रामा ओमेगा– ३ र चिल्लो एसिडको मात्रा बढी हुन्छ। ओमेगा– ३ चिल्लो एसिडले कलेजोको वोसोलाई कम गर्र्ने स्रोतको काम गर्छ र कलेजो सुन्निनवाट रोक्छ।

सबै खानाबाट प्राप्त हुने कार्वोहाइड्रेटले जस्तै जौको खानाले शरिरमा शक्ति दिन्छ। यसमा फाइवरको मात्रा पनि हुन्छ। जसले तपाइँको तौल नियन्त्रण गर्न सहयोग गर्छ।

ओखरमा ओमेगा–३ र चिल्लोयुक्त एसिड हुन्छ। अनुसन्धानले यो कुरा औल्याएका छन् कि अनुसन्धानले यी स्रोतले फ्याटी लिभरको रोग भएकाहरु जसले ओखरको सेवन गरे उनीहरुको कलेजो क्रियामा सुधार आएको थियो।

एभोकार्डोमा प्रर्याप्त मात्रामा स्वस्थ चिल्लोको मात्रा हुन्छ। अनुसन्धानले यो पनि सुझाएको छ कि यसमा हुने रसायनले कलेजो बिग्रिन ढिला गरिदिन्छ। र यसमा प्रर्याप्त मात्रमा फाइवर हुन्छ। जसले तौल नियन्त्रणमा सहयोग गर्छ। तपाइँमा फ्याटी लिभर समस्या छ भने च्याउ,एभोकार्डो र सलादको प्रयोग गर्न सक्नुहुन्छ।

दुध तथा अन्य कम चिल्लो भएका खानाहरु खाने गर्नाले कलेजोलाई थप बिग्रिनवाट बचाउन सक्छन्। सन् २०११ मा भएको एक अध्ययनले यी स्रोत कलेजोको लागि विश्वसनीय मानेको छ।

सूर्यमुखी वीउ सूर्यमुखीको गेडामा एन्टिअक्सिडेन्ट तत्व हुन्छ। यस्तो वीउमा प्रर्याप्त मात्रामा हुन्छ। यस्तो वीउले कलेजोलाई थप नष्टहुनवाट बचाउँछ।

तौल नियन्त्रणको लागि ओलिभ तेल उचित हुन्छ। यस्तो तेलमा प्रर्याप्त मात्रमा ओमेगा–३ हुन्छ। यो पकाएको भन्दा काँचो पिसेको नौनी जस्तो रुपमा प्रयोग गर्नु उचित हुन्छ। यसले कलेजोको पाचन प्रक्रिया बलियो बनाउनुको साथै तौल नियन्त्रण गर्छ। यस्तो खाना परम्परागत मेक्सिको खानामा बढी प्रयोग हुँदै आएको छ।

अनुसन्धानहरुले खानामा लसुनको धुलोको प्रयोगले तौल घटाउनुको साथै फ्याटी लिभरको समस्यामा लाभदायी हुन्छ।

थोरै चिल्लो, कम क्यालोरी भएका खानाले तपाइँको तौल घटाउन सहयोग गर्छन् नै र फ्याटी लिभर रोगको जोखिम पनि घटाउँछन्। यदि तपाइँको बढी तौल छ भने तपाइँको १० प्रतिशत शरिरको तौल घटाउनुपर्छ। रक्सी आफैमा फ्याटी लिभरको कारण पनि रहेको छ।

खाने कुरामा समावेश गरिएका थप चिनीको मात्रादेखि बच्नु उचित हुन्छ। जस्तो कि कुकिज विस्कुट,सोडा र फलफूल्लका जुुस जसमा चिनी हालेर बनाइएको हुन्छ। यस्ता खानेकुरा नखाऔं। बढी मात्रामा चिनी भएका खानेकुराले कलेजोमा वोसो निर्माण गर्न सघाउँछन्।

तारेका चिल्लो तथा वोसोको मात्रा बढी हुन्छ। यसले पनि फ्याटी लिभर बनाउन सहज हुन्छ। धेरै मात्रामा नुन खानाले शरिरमा पानी बढी हुन जान्छ। यसको लागि सोडियमको मात्रा दैनिक १५ सय मिलिग्राम भन्दा बढी सेवन गर्नु हुँदैन।

सेतो या मैदाले बनेका परिकारहरु प्रशोधित बनेर आएका हुन्। यस्ता खानामा फाइवरको कमी हुने हुनाले रगतमा बढी मात्रामा चिनीको मात्रा संकलन हुन्छ। यस्तो खानाले शरिरमा मोटोपना तथा कलेजोमा वोसो जम्मा हुन सहयोग गर्छ।

कलेजोमा फ्याटी लिभरका समस्या भएका व्यक्तिले रातो मासुको सेवनले फाइदा मिल्दैन। रातो मासुमा वोसोको मात्रा बढी हुन्छ। राँगा,खसी तथा गाई–गोरुको मासुमा सोसेर रहेको वोसोको मात्रा बढी हुन्छ।