१ कार्तिक २०८३, आइतबार

हेलिकप्टर दुर्घटनामा बास्केट बलर कोबेसहित नौको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ ।  अमेरिकाको क्यालिफोनिर्यास्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अमेरिकी बास्केट बलर कोबे ब्रायन्ट र उनकी छोरी जियानाको पनि मृत्यु भएको छ । ४१ वर्षिय ब्रायन्ट निजी हेलिकोप्टरमा यात्रा गरिरहेका बेला दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केट बलका महत्वपूर्ण खेलाडी मानिन्छन् ।

उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कारेसमेत गरेका थिए । ब्रायन्टका श्रीमती र अन्य तीन छोरी छन् ।