बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अफ्रिकामा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको भव्य आयोजना

दैनिक नेपाल २०७६ माघ १२ गते २०:२८


लुसाका, जाम्बिया, १२ माघ । नेपाल दूतावास, दक्षिण अफ्रिका र एनआरएनए जाम्बियाको आयोजनामा जाम्बियाको राजधानी लुसाकामा एक भव्य कार्यक्रमकाबीच नेपाल भ्रमण वर्ष २०२० को जानकारीमुलक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालका पर्यटक स्थलको जानकारी दिने वृत चित्र, नेपाली हस्तकलाका सामाग्रीको प्रदर्शन र नेपालको पर्यटन सम्बन्धमा जानाकारी दिने मन्तव्य र अन्तरक्रिया गरिएको कार्यक्रमको दक्षिण अफ्रिकाका लागि नेपालका कार्यवाहक राजदूत घनश्याम लम्सालले समुद्घाटन गरेका थिए ।

उनले नेपाल पर्यटन वर्षको बारेमा जानकारी दिँदै, नेपाल भ्रमण गर्न उपस्थित पाहुनाहरुलाई आग्रह गरेका थिए ।

त्यसै गरि एनआरएनअ जाम्बियाका पुर्व अध्यक्ष एवम सल्लाहकार डा. विशाल उप्रेतीले नेपालका पर्यटन स्थल र आकर्षक स्थलका बारेमा जानकारी दिएका थिए ।

एनआरएनए जाम्बियाका अध्यक्ष प्रमोद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा, एनआरएनए जाम्बियाका संस्थापक अध्यक्ष र संरक्षक बिदुर खनालले अफ्रिका स्थित कुटनैतिक, युएनसेवा, गैरसरकारी सस्था, प्रवासी समुदाय र अप्रिकिन मित्रहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरेका थिए ।

उक्त अवसरमा नेपाल भ्रमण गरि सकेका विदेशी मित्रहरुले नेपालको सुन्दरता र आफ्ना भ्रमण अनुभव समेत सुनाएका थिए ।

कार्यक्रममा उपस्थित अथितीहरुलाई सन्ध्या खनाल, इन्दिरा उप्रेती, चंदा शर्मा र कल्पना थापाले उपहार वितरण गरेका थिए भने कार्यक्रममा जाम्बिया सरकारका प्रतिनिधि, संयुक्त रास्ट्र संघीय निकायका प्रतिनिधिहरु, स्थानीय उच्च पदस्थ व्यक्तीत्वहरु लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रम परिसरमा राजिव मुनकर्मीले नेपाली हस्तकलाका सामाग्री प्रर्दशनको संयोजन गर्नुका साथै त्यसबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित