३ कार्तिक २०८३, मंगलबार

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा सुनुवाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ माघ ।  हत्या आरोप लागेका व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै अग्नि सापकोटाविरुद्व सर्वोच्चमा परेको रिटको आज अदालतले प्रारम्भिक सुनुवाई गर्दैछ ।

न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो ।

हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन् ।