आइतबार, १२ माघ २०७६
DainikNepal.com
आइतबार, १२ माघ २०७६

तरकारीकाे विषादी भिनेगरबाट यसरी हटाउने

दैनिक नेपाल २०७६ माघ १२ गते ९:०६

काठमाडाैं ।  सागसब्जी रोप्ने, उमार्ने, भण्डारण गर्ने क्रममा रासयनिक मल, किरा मार्न किटनासक औषधि प्रयोग गरिएकाे हुन्छ ।

हामीले केही खानेकुरालाई भान्सामा नै शुद्धिकरण गर्न सकिन्छ । भलै यो विधीबाट पूर्णत जैविक खानेकुरा प्राप्त गर्न नसकिए पनि विषाक्त तत्व हटाउन सकिन्छ ।

बजारबाट खरिद गरेर ल्याएपछि फलफूल तथा सागसब्जीलाई एउटै भाडोमा राखेर पर्याप्त मात्रामा पानी हाल्नु पर्छ । अब यसमा भिनेगर हालेर करीब १५ मिनेट छोड्नु पर्छ ।

त्यसपछि, उक्त भाडोबाट फलफूल तथा सागसब्जी हटाएर राम्ररी धुनु पर्छ । यो विधि अपनाएमा फलफूल तथा सागसब्जीबाट ९८ प्रतिशतसम्म किटनाशक औषधिलाई हटाउन सकिन्छ । त्यसैले, फलफूल तथा सागसब्जीमा प्रयोग गरिएको किटानशक औषधी हटाउने यो सरल उपाय मानिन्छ ।

राम्ररी खाएमा हाम्रो शरीरलाई आवश्यक तत्व प्राप्त हुन्छ । त्यसैले फलफूल तथा सागसब्जीको सेवन गर्छौ । जबकी यस्ता खानेकुरामा अत्याधिक मात्रामा किटनासक विषादीको प्रयोग गरिएको हुन्छ । यस्ता किटनाशक विषादी विशेषगरी बाटबिरुवामा लागेको किरा मार्न प्रयोग हुने गर्दछ ।

किटानशक औषधी साधारण पानीले धोएर जाँदैन । त्यसैले, अत्याधिक मात्रामा किटानशक औषधी प्रयोग गरिएको फलको सेवनले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । अहिले मिर्गौलाको समस्यादेखि क्यान्सरसम्म जटिलता यस्तै खानपानले निम्त्याएको हो ।

किटानशक विषादीका सेवनले स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउन सक्छ । विभिन्न अध्ययनले जनाए अनुसार आहारमा किटनाशकको अत्याधिक प्रयोगले क्यान्सर, मिर्गौला तथा फोक्सो सम्बन्धि समस्या निम्तने गर्छ । बच्चामा विभिन्न किसिमका संक्रमण निम्त्याउने गर्छ । यसको सम्पर्कमा रहनाले बाल्यकालमै क्यान्सर, अटिज्म, एकाग्रता नहुने, सकि्रयताको कमी जस्ता समस्या हुने गर्छ ।

गर्भवतीले किटनाशक युक्त फलफूल खाएमा यसले भ्रुणलाई समेत प्रभावित पार्छ । जसका कारण जन्मसम्बन्धि जटिलता हुन सक्छ । त्यसबाहेक, यसको सेवनले वाकवाकी लाग्ने,पखाला लाग्ने, पेट बौडिने, चक्कर आउने, तनाव, फूड प्वाइजनिङ्ग हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित