शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बार्यन म्युनिखसँग एफसी शाल्के पराजित

दैनिक नेपाल २०७६ माघ १२ गते ८:४७

लण्डन, १२ माघ । रोबर्ट लेवान्डोस्कीले लगातार गोल गर्ने क्रम जारी राखेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले एफसी शाल्केलाई ५–० ले पराजित गर्ने क्रममा लेवान्डोस्कीले गोलको सुरुवात गरेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले छैटौँ मिनेटमा गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए । उनले बुण्डेसलिगामा यो सिजन अहिलेसम्म २१ गोल गरिसकेका छन् ।

उनी लिगका सुरुका १९ खेलमा २१ गोल गर्ने सन् सन् १९७२–७३ को सिजन यताका पहिलो खेलाडी हुन् । सो सिजनमा जेर्ड मुलरले यो कीर्तिमान बनाएका थिए ।

बार्यन म्युनिकका लागि पहिलो हाफको इन्जुरी समयमा थोमस मुलरले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसअघि मुलर र लेवान्डोस्कीले गरेको गोलले मान्यता पाएको थिएन । दोस्रो हाफमा बार्यनले थप तीन गोल गरेको हो ।

उसका लागि ५० औँ मिनेटमा गारेट्ज्का, ५८ औँ मिनेटमा थिएगो अल्कान्तारा तथा ८९ औँ मिनेटमा ग्नाब्रीले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको बार्यन म्युनिखको १९ खेलबाट ३९ अंक भएको छ ।

प्रतिक्रिया
सम्बन्धित