शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पेट बाेकेका महिलासँग डरायाे अमेरिका

दैनिक नेपाल २०७६ माघ ११ गते ७:१०

वासिङ्टन । अमेरिका प्रवेशका लागि भिजा सम्बन्धी नयाँ नियम जारी भएको छ । अमेरिकामा ‘बर्थ टुरिजम’ रोक्नका लागि ट्रम्प प्रशासनले नयाँ नियम ल्याएको बताइन्छ ।

जस अनुसार अमेरिकामै जन्मिएका विदेशी आमाका शिशुलाई स्वतः अमेरिकी नागरिकता दिने नियम थियो । नयाँ नियम अनुसार अब बच्चा जन्माउनकै लागि अमेरिका जान चाहनेहरुको आवेदन रद्द हुनेछ ।

यदी स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्ने अन्य विदेशी सरह गर्भवती महिलाका लागि पनि उपचार खर्च, यातायात र बसोबास खर्चको प्रमाण खोजिनेछ । साथै भिजा आवेदन गर्दा अस्पताल र चिकित्सकसँग गरिएका सम्झौता देखाइएको खण्डमा उनीहरुको नियत असल रहेको ठहर अध्यागमनले गर्नेछ ।

यस्तो अध्यागमन नियमले दुरुपयोग रोक्ने र अमेरिकालाई राष्ट्रिय सुरक्षाको चेतावनीबाट रोक्ने काम गर्ने अपेक्षा राखिएको छ । यस्तो नियम ह्वाइट हाउसले अमेरिकी करदाताहरुको पक्षमा रहेको जनाएको छ । साथै अमेरिकी नागरिकको निष्ठाको संरक्षण गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय नक्कली भिजा वा कर छलीका कारण अधिकारीहरु पक्राउ पर्ने क्रम बढेपछि अमेरिकाले कडाइ गरेको हो । ‘बर्थ टुरिजम’का लागि अमेरिका जानेमध्ये सबैभन्दा धेरै चीन र रुसबाट जाने छन् ।

अमेरिकामा अभियानकर्मीहरुले भने यस्तो नियमको विरोध गरेका छन् । सामाजिक सञ्जालमा अध्यागमनबारे नयाँ नियमको ज्यंग्य उडाउनुका साथै विभेद्कारी भएको भन्दै सेलिब्रिटी र अन्य नागरिक अगुवाले आलोचना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित