१ कार्तिक २०८३, आइतबार

कारोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० माघ ।  चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । भाइरसबाट हजारौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ । संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस तिब्र गतिमा फैलिरहेकाले चीनले विमानस्थद लगायत यातायातमासमेत सतर्कता अपनाएको छ ।

भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ ।