बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बेल्जियममा कांग्रेस निकट सीता समूहको पाचौं अधिवेशन हुने

दैनिक नेपाल २०७६ माघ १० गते ७:२८

बेल्जियम । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति बेल्जियमले पाचौँ अधिवेसन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गर्दै तयारी शुरु गरेको छ ।

नेपाली कांग्रेसको कात्तिक ५ गतेको परिपत्रअनुसार नेपाली जनसम्पर्क समिति बेल्जियमले आगामी पाचौँ अधिवेसन भव्यताका साथ गराउन तिब्र गतिमा लागेको हो ।

नेपाली जनसम्पर्क समिति बेल्जियमकी चौथो अधिवेसनबाट निर्वाचित सभापति तथा पाचौँ अधिवेसन मूल तयारी समितिकी संयोजक श्रीमती सीता सापकोटाको अध्यक्षमामा ९ डिसेम्बरका दिन बसेको बैठकले सबै असन्तुष्ट साथीहरूलाई समेटेर अगाडि बढ्ने निर्णय पनि गरेको छ ।

६ जनवरीका दिन बोलाइएको बैठकमा आवश्यक संख्या पुगेको थिएन । बैठकमा आवस्यक गणपुरक संख्या नपुग भएको र सहमतिको लागि एकआपसमा छलफल गर्ने गरी उक्त बैठकले १० दिन समयावधी राखी सबैलाई समेट्न अथक प्रयास गर्ने जनाइएको छ ।

सबै पक्षलाई समेटेर लाने गरी २० जनवरीमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयसंग समन्वय गरी केन्द्रकै सुझावअनुसार उक्त दिनलाई अर्को बैठक तय गरेको थियो ।

जसअनुसार २० जनवरीका दिन संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, निवर्तमान अध्यक्ष तथा पाचौँ अधिवेसन मूल तयारी समितिका सदस्य साथीहरूबीच बसेको बैठकले नेपाली जनसम्पर्क समिति बेल्जियमको पाचौँ अधिवेसन मार्च २३ तारिख सोमबारका दिन लुभेन शहरमा गर्ने निर्णय गरेको हो ।

उद्घाटन सत्र सम्पन्न गर्ने र नयाँ नेतृत्व चयनका लागि २९ मार्चका दिन एन्ट्रोपेनमा सम्पन्न गर्ने गरी निर्णय गरिएको छ ।

अधिवेसन भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आवस्यक संरचनाहरू तय गर्ने तथा केही बिमती राखेर बाहिर रहेका साथीहरू सबैलाई समेटेरसंगै अगाडि जाने गरी पुनः २ फेब्रुअरी आइतबारका दिन बैठक बस्ने निर्णय भएको छ ।

चौथो अधिबेशनबाट निर्वाचित महामन्त्री दिनेश प्रसाद भण्डारीलाई पाँचौ अधिबेशन तयारी समितिको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित