३ कार्तिक २०८३, मंगलबार

थ्रीस्टारद्वारा हिमालयन शेर्पा ३–१ ले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गर्‍यो ।

थ्रीस्टारका लागि सुशील राई, सन्जोग राई र वासु ओलान्दीरान हज्मतले एकरएक गोल गरे । पराजित टोली हिमालयन शेर्पाका सटेफेन समिरले एक गोल फर्काए ।

जितपछि थ्रीस्टार क्लब ८ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब चौथो स्थानमा झरेको छ ।

तालिकामा १६/१६ अंक जोडेका त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्