
काठमाडौं, ९ माघ । अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटनामा अमेरिकी मुलका चालक दलको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।
यसअघि बिहीबार स्थानीय समयअनुसार साढे १ बजे दक्षिणी न्यु साउथ वेल्समा ठूलो एअर ट्याङ्क (आगो निभाउन पानी बोकेको विमान) हराइरहेको बताइएको थियो ।
विमान दुर्घटनाको कारणबारे पनि थाहा भइसकेको छैन । न्यु साउथ वेल्स (एनएसडब्ल्यू) की प्रमुख ग्लेडिस बेरेजिक्लियनले अग्नि नियन्त्रक बोकेको विमान अस्ट्रेलियाको राजधानी क्यानबेराबाट दुई घण्टा टाढाको दक्षिणमा रहेको पहाडमा दुर्घटना भएको बताइन् ।
चालक दलका तीन जना सदस्यको पहिचान नभए पनि अमेरिकी मुलका नागरिक रहेको आधिकारिक स्रोतले बताएको छ ।
अस्ट्रेलियाको जङ्गलमा लागिरहेको आगो निभाउनको लागि मद्दत गर्न ती चालक दललाई अनुबन्धन गरिएको न्यु साउथ वेल्सको रुरल फायर सर्भिसले बताएको छ ।
हरक्युलिस सी–१३० पानीको फोहरा फ्याँक्ने विमान आगलागी भएको क्षेत्रका लागि तैनाथ गरिएको थियो ।















प्रतिक्रिया