बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

विदेश पुगेपछि नेपालीको ‘सेक्स भिडिओ’ किन सार्वजनिक हुन्छ ?

दैनिक नेपाल २०७६ माघ ९ गते १०:०४

काठमाडौं, ९ माघ । नेपाल सरकारले अश्लील साइट बन्द गराए पनि सामाजिक सञ्जालमा सेक्स भिडिओका क्लिप आदान प्रदानको प्रचार रोकिएको छैन । हालै मात्र अस्ट्रेलियामा नेपाली युवतीको भन्दै एउटा सेक्स भिडिओलाई चर्चामा ल्याइयो ।

तर उक्त भिडिओ अस्ट्रेलियामा बस्ने नेपालीको नरहेको भन्ने बताइएको छ । अमेरिकी पोर्न साइटले महिनौं अघि उक्त भिडिओ राखेको थियो । त्यसलाई डाउनलोड गरी ‘नेपाली’ नाममा अर्का यौनजन्य साइट चलाउनेले अपलोड गरेको खुल्नमा आएको छ ।

यो प्रकरण हल्ला भए पनि विदेशमा पुगेका नेपाली युवायुवतीको सेक्स भिडिओ भने नबाहिरिएको होइन । केही समयअघि जापान काण्डका नाममा नेपाली एक जोडीको भिडिओ सार्वजनिक भयो र त्यो इन्टरनेटमा भाइरल भएको थियो ।

ति जोडीले सामाजिक सञ्जाल मार्फत नै आएर माफी मागेका थिए ।

नेपालभन्दा टाढा रहेका र अपरिपक्व तथा ख्यालख्यालमा आफ्ना गोप्य कर्मको भिडिओ बनाउने रहरका कारण कतिपयको सामाजिक चरित्र नै समाप्त हुने गरेको समाजशास्त्री बताउँछन् ।

प्रविधिको दुरुपयोग हुँदा यस्ता गोप्य भिडिओ सार्वजनिक हुने र एक ठाउँमा आउनासाथ त्यसले सामाजिक सञ्जालमा स्थान पाउँदा तिव्रता लिने गरेको छ । कतिपय अश्लील साइट सञ्चालकले त्यस्ता भिडिओलाई सेकेन्ड भरमा नै क्याप्चर गरी अपलोड गर्दा पनि नेपालीका भिडिओ विश्वव्यापी हुने गरेको छ ।

कतिपयले मदिरा पान गरी नशाका सुरमा पनि सामाजिक सञ्जालमा गरेका अश्लील हर्कत क्याप्चर गरी तेस्रो मानिसले इन्टरनेटमा राखिदिने गरेका छन् ।

केही समयअघि खाडी मुलुकमा एक जना बंगाली पुरुषसँग अश्लील हर्कत गरिरहेकी नेपाली महिलाको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएको थियो । त्यसमा नकारात्मक प्रतिक्रिया ज्यादा थिए ।

जानकारहरूले आफ्ना अति नीजि र गोप्य विषयका भिडिओ नबनाउनका लागि सुझाव पनि दिएका छन् । इलेक्ट्रोनिक्स डिभाइसहरूमा रमाइलोका लागि खिचिएका तर डिलिट गरिए पनि त्यसका डाटा रिस्टोर गर्न सकिने भएकाले नीजि मामिलाले नकारात्मक रुप लिन सक्ने घटनाबाट बुझ्नुपर्ने धेरैको सुझाव छ ।

अभिनेत्री नम्रता श्रेष्ठको सेक्स भिडिओ सार्वजनिक हुनु पनि त्यसैको एउटा दुखान्त उदाहरण रहेको थियो । पूजा लामालगायतका सेलिब्रिटी, अमुक नेपाली युवायुवतीले रमाइलो गरेका भिडिओ यसरी बजारीकरण हुनुको कारण पनि त्यसैलाई खुट्याइएको छ ।

नेपालमा यस्ता भिडिओ आदान प्रदान गर्नुलाई कानुनी अपराध (साइबर क्राइम)मा राखेर हेरिन्छ । तैपनि प्रविधिको उच्च प्रयोग रहेका कारण सबै विषय कानुनी डन्डाले मात्र रोकिन नसक्ने विज्ञहरू बताउँछन् ।

अहिले नेपाल र विदेश वा विविध ठाउँमा सामाजिक सञ्जाललगायत विविध प्रकारका भिडिओ सन्देश, लाइभ भिडिओ कुराकानी गर्न सहज छ । यस्ता उपकरणमा भावोत्तेजनामा आएर अश्लील कुराकानी या क्रियाकलाप गर्नु पनि खतरा हुनसक्ने प्रहरीले सुझाव दिँदै आएको छ ।

ट्विटरमा अश्लील क्लिप्स

सामाजिक सञ्जालको ट्विटरमा अश्लील नाममा नेपालसम्मका ह्यान्डल प्रयोग गरी नेपालीलगायतका सेक्स भिडिओ अहिले पनि चलाउने गरिएको छ ।

विभिन्न नाममा यसरी सेक्स भिडिओको निर्वाध सेयररिङ र रिट्विट भइरहेका छन् । सामाजिक सञ्जालमा यस्ता ह्यान्डल नेपालबाट नभई विदेशी भूमीबाट चलाएका कारण नेपाल प्रहरीले नियन्त्रण गर्न सक्ने र नेपाल सरकारले नियमन गर्न सक्ने अवस्था छैन ।

कतिपय नेपालीले आफैं अश्लील हर्कत गरी भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने पनि गरेका थिए । प्रहरीले त्यस्तालाई खोजेर कारबाहीको प्रक्रिया अघि बढाएको पनि छ । तर, नेपाली भूमिमा हुँदामात्र त्यो सम्भव हुने बताइन्छ ।

हस्तमैथुन गरी सार्वजनिक बसमा एक युवतीको कपालमा विर्य स्खलन गर्ने युवालाई प्रहरीले एक बर्षपछि पक्राउ गरेको घटना त्यसको उदाहरण हो ।

यसर्थ, सुरक्षा अधिकारीहरूको सन्देश छ– यस्ता अश्लील ह्यान्डल वा साइटको प्रयोग कम गर्नुका साथै नीजि मामिलाका विषयमा सचेत हुनुपर्दछ ।

प्रतिक्रिया
सम्बन्धित